prabhu

‘गभर्नर नियुक्तिमा ढिलाइ हुनु राम्रो संकेत होइन, योग्य र व्यावसायिक व्यक्ति आउनुपर्छ’ : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

बिपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनले आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरू’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा बोल्दै डा. महतले गभर्नर नियुक्तिमा राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई नियुक्त गर्नुपर्ने बताएका हुन्।

‘गभर्नर नियुक्तिमा ढिलाइ हुनु राम्रो संकेत होइन,’ डा. महतले भने, .अर्थतन्त्रलाई केन्द्रमा राखेर निष्पक्ष ढंगले काम गर्न सक्ने व्यक्तिलाई गभर्नर बनाइनुपर्छ।’

उनले अर्थतन्त्रको स्थायित्व र आगामी बजेटको प्रभावकारी कार्यान्वयनका लागि सक्षम नेतृत्व आवश्यक भएको उल्लेख गरे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै