prabhu

प्राइम कमर्सियल बैंक नेपालपे कार्ड र एनपीएस-एनसीएसमा आबद्ध

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड  (एनसीएचएल) को नेपाल पेमेन्ट स्किम (एनपीएस–एनसीएस) तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपमा आबद्ध भएको छ। यस सम्बन्धमा भएको समझौतापत्रमा बैंकका तर्फबाट महाप्रबन्धक अमृतचरण श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधार तयारी पूरा भएको घोषणा गर्दै सबै बैंक तथा वित्तीय संस्थालाई नेपालकै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड को इस्यु तथा एक्वायरका लागि आफ्नो स्विच मा एकीकृत हुन आह्वान गरेको थियो।

अब सम्झौतासँगै प्राइम कमर्सियल बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड इस्यु गर्नसक्ने र विभिन्न स्थानमा यसको प्रयोग सहज बनाउन सक्ने भएको छ।

एनपीएस-एनसीएसमार्फत विभिन्न कार्ड स्विचहरूबीच अन्तरसम्बन्ध कायम गर्दै डोमेस्टिक कार्ड ट्रान्जेक्सनहरूको राउटिङ र सेटलमेन्ट गर्न एक केन्द्रीय प्रणालीको रूपमा सञ्चालन गरिनेछ । यो प्रणाली लागू भएपछि कार्ड कारोबारको लागत घट्ने, डाटा लोकलाइजेसन सुनिश्चित हुने र डिजिटल भुक्तानी प्रणालीमा नयाँ प्रविधिको विकास र विस्तार हुने विश्वास गरिएको छ।

एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, प्रमुख पेमेंट सर्भिस प्रोभाइडर (पीएसपी) र पेमेंट सिस्टम अपरेटर (पीएसओ) सहित सयौं गैर-बैंकिङ सदस्यहरूलाई राष्ट्रिय भुक्तानी प्रणाली अन्तर्गत सेवा दिँदै आएको छ ।

नेपालपे कार्ड र एनपीएस-एनसीएसको कार्यान्वयनले नेपालको कार्ड भुक्तानी प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । हाल प्राइम कमर्सियल बैंकले देशभर १९३ शाखा र विस्तारित काउन्टरहरू तथा १३७ एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै