काठमाडौँ। नबिल बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ ‘ योजना सार्वजनिक गरेको हो । जसअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।
बम्पर उपहारमा आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई रु १०० को मोबाइल रिचार्ज उपहारसमेत रहेको छ ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले एनबैंकमार्फत टपअप र फोनपे डाइरेक्ट कारोबार गर्नुपर्ने बैंकले जनाएको छ। यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । सूचनासहित: