prabhu

वाणिज्य बैंकहरूको निक्षेप संकलन एकैदिन १४ अर्ब रुपैयाँले बढ्यो, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम !

काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन एकैदिन १४ अर्ब रुपैयाँले बढेको हो।

चैत्र १४ गते ६० खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले १५ गते ६० खर्ब ६३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका हुन् । जुन १४ अर्ब रुपैयाँले बढी हो।

यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि १ अर्ब रुपैयाँले बढेको छ।  चैत्र १४ गते ४८ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरूले चैत्र १५ गते ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

हाल बैंकहरुको सिडी रेसियो ७९.२५ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै