DISH HOME

एनआईसी एशिया बैंकले ३७८ वटा दुईपाङ्ग्रे सवारी साधन बेच्दै, इच्छुकले १० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्ने !

काठमाडौँ। एनआईसी एशिया बैंकले दुईपाङ्ग्रे सवारी साधन बेच्न लागेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका ३७८ वटा दुईपाङ्ग्रे मोटरसाइकल बेच्न लागेको हो।

बैंकका अनुसार बजाज डिस्कोभर कम्पनीका १५८ वटा, बजाज पल्सर ३२ वटा, एक वटा हेरो प्लेजर, ६१ वटा हेरो सुपर स्पेण्डर, २ वटा होण्डा साइन, १०६ वटा सुजुकी कम्पनी र १८ वटा यमाहा कम्पनीका बाइक बिक्रीमा राखिएको छ ।

उक्त सवारी साधन किन्न चाहनेले रकमको १० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्नेछ । बैंकले शाखा कार्यालयमा रहेका मोटरसाइकल जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्ने जनाएको छ ।

साथै, बैंकले पुराना मोटरसाइकल बिक्री गरेर ३२५ वटा नयाँ दुईपाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) खरिद गर्ने भएको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै