काठमाडौँ । नेपाल राष्ट्र बैंकले सामान्य कर्जा नोक्सानी व्यवस्था १ प्रतिशत मात्र कायम गरे पुग्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले हालै सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबमोजिम सामान्य कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतमात्र कायम गरे पुग्ने व्यवस्था गरेको छ। यसअघि सामान्य कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो। सूचनासहित: