‘बचतको महत्व बुझाउन बालबालिकाको बैंक खाता खोल्नुपर्छ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सानै उमेरदेखि बालबालिकाको बैंक खाता खोल्नु पर्नेमा जोड दिएको छ।  राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै बचतको महत्व बुझाउन सानै उमेरदेखि बालबालिकाको बैंक खाता खोल्नुपर्नेमा जोड दिएको हो।

राष्ट्र बैंकले बचतको महत्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न सानै उमेरदेखि बालबालिकालाई खाता खोल्ने बानी विकास गराउन आग्रह गरेको छ ।

उक्त सूचनामा भनिएको छ, ‘सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरुको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसालौँ।’ सूचना:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्