PRABHU BANK

बंगलादेशको बैंकिङ क्षेत्र गम्भीर संकटमा

काठमाडौँ ।  बंगलादेशको बैंकिङ क्षेत्र गम्भीर संकटबाट गुज्रिरहेको छ। डिसेम्बर २०२३ सम्ममा बंगलादेशको बैंकिङ क्षेत्रको निष्क्रिय ऋण (एनपीएल) तीन लाख ४५ हजार ७ सय ६४ करोड रुपैयाँ (२.८३ अर्ब रुपैयाँ) पुगेको हो। जुन सबै दिइएको ऋणको २०.२० प्रतिशत हो।

ढाका ट्रिब्यूनका अनुसार बंगलादेश बैंकका गभर्नर अहसान एच मन्सुरले पत्रकार सम्मेलनमा वित्तीय प्रणालीमा गहिरो समस्याहरू प्रकट गर्दै यो तथ्याङ्क साझा गरेका थिए। तीन महिना अघि खराब ऋण दुई लाख ८४ हजार करोड रुपैयाँ वा कुल ऋणको १६.९३ प्रतिशत रहेको द डेली स्टारले रिपोर्ट गरेको थियो। जसको अर्थ छोटो समयमा ६१ हजार करोड रुपैयाँले बढेको छ।

यता, बढ्दो संकटलाई सम्बोधन गर्न बंगलादेश बैंकले बैंक रिजोलुसन अध्यादेशको मस्यौदा तयार पारेको छ। जुन अर्थ मन्त्रालयको वित्तीय संस्था विभाग वेबसाइटमा सार्वजनिक परामर्शको लागि प्रकाशित गरिएको छ। ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार यो अध्यादेशले ब्रिज बैंकको अवधारणा प्रस्तुत गर्दछ।

‘अस्थायी वित्तीय संस्था जसले कमजोर बैंकहरूलाई कब्जा गर्नेछ, उपयुक्त खरीददार फेला परेसम्म बैंकिङ सञ्चालन जारी रहनेछ। प्रस्तावित कानूनले बंगलादेश बैंकलाई ब्रिज बैंकहरू सिर्जना गर्ने, अस्थायी प्रशासकहरू नियुक्त गर्ने र अवस्थित वा नयाँ शेयरधारकहरू मार्फत पूँजी जुटाउने अधिकार दिन्छ।’

अध्यादेशले केन्द्रीय बैंकलाई सेयरधारकको सहमति बिना नै तेस्रो पक्षलाई सेयर, सम्पत्ति र दायित्वहरू हस्तान्तरण गर्न अनुमति दिन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै