prabhu

एनएमबि बैंकले रोजगारी खुलायो, दिने होइन त आवेदन ?

काठमाडौँ । एनएमबि बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै डेटा एनालिस्ट, बिजनेश सिस्टम एनालिस्ट, सिस्टम इन्जिनियर, पेमेन्ट सिस्टम इन्जिनियर, कार्ड एण्ड इएफटि सिस्टम इन्जिनियर र डेटा इन्जिनियर पदका लागि रोजगारी खुलाएको हो।

बैंकले तीन जना डेटा एनालिस्ट, दुई जना बिजनेश सिस्टम एनालिस्ट, दुई जना सिस्टम इन्जिनियर, दुई जना पेमेन्ट सिस्टम इन्जिनियर, दुई जना कार्ड एण्ड इएफटि सिस्टम इन्जिनियर र दुई जना डेटा इन्जिनियर माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने व्यक्तिसँग सोहि क्षेत्रमा न्युनतम चार वर्ष काम गरेको हुनुपर्ने बैंकले जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै