PRABHU BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् छलफलका मुख्य एजेण्डा

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले चैत २० गते वार्षिक साधारणसभा डाकको हो । उक्त दिन बिहान ११ बजे चितवनको सौराहास्थित मोनालिसा होटलमा साधारणसभा हुने भएको छ । साधारणसभामा यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर, ५ प्रतिशत नगद लाभांश पारित हुने भएको छ ।
त्यस्तै सञ्चालक समितिबाट नाडेप लघुवित्तलाई एक्वायर गर्नेगरी गरिएको सम्झौतालाई अनुमोदन गर्ने एजेन्डा पनि राखिएको छ । त्यसबाहेक साधारणसभामा नियमित रुपमा पेश गर्नुपर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि तय गरिएको छ । यो साधारणसभाका लागि डिप्रोक्सले चैत ९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । सो दिनसम्म सेयरधनी कायम रहेका व्यक्तिहरु प्रस्तावित लाभांश र साधारणसभामा सहभागि हुन पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै