काठमाडौँ । वाणिज्य बैंकहरुले कर्मचारी तलबमा २८ अर्ब बढी रकम खर्च गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरुले कर्मचारी तलबमा २८ अर्ब ६३ करोड ६२ लाख ४१ हजार रुपैयाँ खर्च गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै खर्च कुमारी बैंकले गरेको छ । यस बैंकले छ महिनाको अवधिमा कर्मचारी तलबमा २ अर्ब ५ करोड ८३ लाख ९० हजार खर्च गरेको हो । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै खर्च गरेको छ । बैंकले २ अर्ब १ करोड १३ लाख ३१ हजार खर्च गरेको हो ।
यता, एनआईसि एशिया बैंकले १ अर्ब ९२ करोड ९४ लाख ७३, प्रभु बैंकले १ अर्ब ८७ करोड ५९ लाख १८ हजार, लक्ष्मी सन्राइज बैंकले १ अर्ब ८७ करोड ५७ लाख १४ हजार, नबिल बैंकले १ अर्ब ८६ करोड ६७ लाख ४२ हजार, ग्लोबल आइएमई बैंकले १ अर्ब ८४ करोड ४४ लाख ९१ हजार, नेपाल बैंकले १ अर्ब ७९ करोड ७३ लाख ४८ हजार रूपैयाँ, कृषि विकास बैंकले १ अर्ब ७३ करोड ६१ लाख ३२ हजार, हिमालयन बैंकले १ अर्ब ५७ करोड ६७ लाख ४१ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड ४ लाख ५९ हजार, सिद्धार्थ बैंकले १ अर्ब ३५ करोड ४६ लाख ७९ हजार, एनएमबि बैंक १ अर्ब ३२ करोड ७२ लाख ८० हजार, माछापुच्छ्रे बैंकले १ अर्ब १३ करोड ६६ लाख ४४ हजार खर्च गरेको छ ।
त्यस्तै, एभरेष्ट बैंकले ९१ करोड ८७ लाख ६३ हजार, प्राइम कमर्सियल बंकको ८५ करोड ९१ लाख, सिटिजन्स बैंकले ८३ करोड ८९ लाख १ हजार, सानिमा बैंकले ८२ करोड ७४ लाख ६६ हजार, नेपाल एसबीआई बैंकले ७३ करोड ७६ लाख ४६ हजार कर्मचारी तलवमा खर्च गरेका छन् ।
यस अवधीमा कर्मचारी तलवमा सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले खर्च गरेको छ । यस बैंकले ५४ करोड ३० लाख २३ हजार खर्च गरेको छ ।