PRABHU BANK

छात्राहरुका लागि नि:शुल्क बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका

काठमाडोँ । आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गाउँपालिकाले गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता गरी छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।

खाता खोल्नका लागि विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, विद्यार्थीको अभिभावकको नागरिकताको प्रतिलिपि, अभिभावकको पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ ।

गाउँपालिकाले कक्षा १० सम्म अध्ययनरत छात्राहरुलाई रु एक हजार बचत मौज्दातसहित नि:शुल्क बाल बचत खाता खोलिदिने जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै