PRABHU BANK

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् सभाका मुख्य एजेण्डा

Green Development Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले ८औं वार्षिक साधारणसभा आगामी चैत २८ गते शनिबारको दिन बोलाएको हो । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गर्ने भएको छ । फागुन २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यससँगै चैत १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित ५.१० प्रतिशत लाभांश तथा सभामा भाग लिन पाउने भएका छन् । गत आर्थिक वर्षको नाफाबाट सेयधरनीलाई ४.८४५ प्रतिशत बोनस र ०.२५५ प्रतिशत नगद गरी कूल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ४.८४५ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ५२ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै