PRABHU BANK

ग्लोबल आइएमई बैंकले गर्यो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले चैत १ गते आइतबारदेखि ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ । यस्तै बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने भएको छ । ऋणपत्र निष्काशन छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ । बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ भने वार्षिक ८.५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने भएको छ । बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा प्रस्तावित ऋणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्री हुने अवस्थामा रहेको बैंकले जनाएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई औषत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।
ऋणपत्रलाई भने कम जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ । बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने भएका छन् । बैंकले हाल २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५३ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै