काठमाडौँ । बैंक लुटपाट घटनामा संलग्न भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैन रहेका छन् ।
पक्राउ परेका व्यक्ति २०८० साल जेठ १६ गते एनएमबि बैंकको शाखामा पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाएर ३८ लाख रूपैयाँ लुटेको घटना र ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई नौ लाख रूपैयाँ लुटेर फरार भएको घटनामा समेत मुछिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार खानको अन्य धेरै चोरी डकैतीका घटनामा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।