PRABHU BANK

‘बैंकिङ क्षेत्रलाई स्थायित्व दिन आवश्यक सबै प्रयास भइरहेको छ’: बंगलादेशी गभर्नर मन्सुर

काठमाडौँ । बंगलादेश बैंकका गभर्नर डा.अहसान एच मन्सुरले बैंकिङ क्षेत्रलाई स्थायित्व दिन आवश्यक सबै प्रयास भइरहेको बताएका छन्। उनले केन्द्रीय बैंकको प्रधान कार्यालयमा बिएसएससँगको अन्तर्वार्तामाक्रममा यस्तो बताएका हुन् ।

बंगलादेश बैंकका गभर्नर मन्सुरले भने, ‘हामीले नयाँ कानुनको मस्यौदा पूरा गरिसकेका छौं। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पहिले नै यसको समीक्षा गरिसकेका छन्। हामी अब यसलाई अन्तर्राष्ट्रिय विशेषज्ञ सल्लाहकारद्वारा समीक्षा गर्दैछौं। उनीहरुबाट राय लिएपछि हामी यसलाई कानुनमा परिणत गर्नेछौं।’

केन्द्रीय बैंकको प्रधान कार्यालयमा बिएसएससँगको अन्तर्वार्तामा डा. मन्सुरले नयाँ कानूनको फाइदा र बेफाइदामा ध्यान केन्द्रित गर्दै भने, ‘यसले मर्जर, एक्विजिसन, लिक्विडेशन वा पुन: पूँजीकरणका लागि द्रुत नीतिगत निर्णयहरू गर्न सम्भव हुनेछ। देशको बैंकिङ क्षेत्रलाई स्थायित्व दिन आवश्यक सबै प्रयास भइरहेको छ । बैंकिङ क्षेत्रमा सुधार ल्याउन हामीले कार्यदल बनाएका छौं । हामीले संकटग्रस्त बैंकहरूलाई तरलता सहयोग पनि उपलब्ध गराउँदैछौँ। हामीले कानुनी रूपमा सुधारात्मक विकल्पहरू लागू गर्न नयाँ कानून बनाउँदैछौं।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै