DISH HOME

चार महिनामा वाणिज्य बैंकहरुले कमाए २२ अर्ब बढी नाफा, सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक

काठमाडौँ । वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्ष २०८१-८२ को चार महिनामा बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

जुन गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा ३७.७३ प्रतिशतले बढी हो। समीक्षा अवधिसम्म कृषि विकास बैंक बाहेक अन्य बैंकको नाफा बढेको छ । कृषि विकास बैंकको नाफा २२ करोड ७७ लाख रुपैयाँ ऋणात्मक देखिएको हो ।

यता, नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६४ करोड रुपैयाँ, कुमारी बैंकले १ अर्ब ५९ करोड ४ लाख, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ र  प्रभु बैंकले १ अर्ब २३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९४ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ७१ लाख, नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ, हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ, सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनलले ४३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै