काठमाडौँ । सिटिजन्स बैंकले ‘बैंक अफ द इयर २०२४’ अवार्ड पाएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकले पाएको हो ।
सिटिजन्सले पहिलो पटक बैंक अफ द इयर अवार्ड पाएको हो । बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् ।
अवार्ड वितरण समारोहमा डेढ सय देशका बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो ।