काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले होटल ली हिमालयमा आकर्षक छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले काठमााडौँको लाजिम्पाटस्थित होटल ली हिमालयमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
बैंकका ग्राहकहरूलाई विशेष छुट दिने गरी सिटिजन्स बैंक र होटलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
त्यस्तै, बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।