PRABHU BANK

सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच बैंकका नेपाल पे मर्चेन्टहरुका क्युआरमा अलीपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरुमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका अन्तरक्रियात्मक क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै