काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्त सम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कम्पनीले तीन दिने लघुवित्त सम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न गरेको हो ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले यस तालिमले कर्मचारीहरूलाई हौसला प्रदान गर्ने जनाएका छन् । साथै लघुवित्तले विपन्न, गरीव तथा पछाडी परेका वर्ग, समुदायमा काम गर्ने भएकोले यस क्षेत्रले आर्थिक विकासको साथसाथै सामुदायिक विकासका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
त्यस्तै, ग्रामीण भेगमा वित्तीय पहुँच बिस्तार गरेर बित्तीय साक्षरता प्रदान गर्दै आएको कुरासमेत व्यक्त गरे । उक्त अभिमुखीकण तालिममा लघुवित्तको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, संस्थाको परिचय, संस्थाको उद्धेश्य, कार्यक्षेत्र तथा लघुवित्त कार्यक्रमको काम गर्ने तौर तरीका बारेमा सहभागीहरुलाई जानकारी दिइएको थियो ।
तालिममा देशभरका नवनियुक्त ५० जना कर्मचारीहरु, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ ब्यवस्थापक राजु प्रसाद पुडासैनी तथा विभिन्न बिभागका प्रमुख तथा कर्मचारीहरुको सहभागीता थियो ।