PRABHU BANK

एसबिआई बैंकले विदेश जाने विद्यार्थीहरुलाई सहज रुपमा शैक्षिक कर्जा दिने

काठमाडौँ । एसबिआई बैंकले विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । बैंकले एईसी ग्लोबल नेपालसँगको सहकार्यमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहज रुपमा उपलब्ध गराउने भएको हो ।

बैंक र एईसी ग्लोबल नेपालबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ ।

त्यस्तै,सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र एईसी ग्लोबल नेपालका तर्फबाट निर्देशक अजित सिङले हस्ताक्षर गरेका हुन् ।

हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै