काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससमा कम्पनीको नाफा ३५.८० प्रतिशतले बढेको हो ।
लघुवित्तले १ करोड १ लाख रुपैयाँ खुद नाफा कामएको छ । जुन नाफा गत वर्षको भन्दा ३५.८० प्रतिशतले बढी हो । गत वर्षको सोही समयमा कम्पनीले ७४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ४२.४६ प्रतिशतले बढेर ३ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, कम्पनीको खराब कर्जा ४.६९ प्रतिशतबाट बढेर ५.१८ प्रतिशत पुगेको छ । त्यसैगरी लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १५ करोड २८ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ छ ।