काठमाडौँ । चेक बाउन्स मुद्धामा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जिल्ला डडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नं ०५ झसरा घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २९ अनामनगर बस्ने ३५ वर्षीय निलम पनेरू रहेकी छिन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उक्त महिलालाई खातामा पैसा नहुँदा नहुँदै ८४ लाखको चेक दिएको आरोपमा कात्तिक २१ गते पक्राउ गरेको हो ।
पक्राउ परेकी महिला विरुद्ध दिपा कुमारी खरेल, रिता न्यौपाने, दिल माया रोकाय, हेमराज उपाध्याय, सगुन घिमिरे र दिपा कुमारी चन्दले जाहेरी दिएका थिए ।
हाल पनेरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि काठमाडौँ जिल्ला अदालत बबरमहल, पठाइएको प्रहरीले जनाएको छ ।