PRABHU BANK

कात्तिक महिनामा वाणिज्य बैंकहरुको ब्याजदर थप घट्यो

काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर थप घटाएका छन् । कात्तिक महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्दै २० वाणिज्य बैंकमध्ये १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका हुन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक र हिमालयन बैंक रहेका छन् ।

यता ग्लोबल आईएमई बैंक, कुमारी बैंक, एसबीआई बैंक, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक र प्रभु बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका रहेका छन् ।

योसँगै असोजमा ६.३९ प्रतिशत रहेको बैंकहरुको औसत ब्याजदर कात्तिकमा ०.२१ प्रतिशतले घटेर ६.१८ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै