prabhu

वाणिज्य बैंकहरुले प्रवाह गरे घरजग्गामा सवा २ खर्ब कर्जा, सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा एनआईसी एशिया बैंक 

काठमाडौँ । वाणिज्य बैंकहरुबाट घरजग्गामा सवा २ खर्ब कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २० वटा वाणिज्य बैंकहरुबाट घरजग्गामा कुल २ खर्ब २४ अर्ब ५३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको हो ।

यस अवधिमा सबैभन्दा धेरै कर्जा एनआईसी एसिया बैंकले प्रवाह गरेको छ । यस बैंकले २८ अर्ब २४ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट घरजग्गामा २४ अर्ब ८६ करोड २१ लाख रुपैयाँ, नबिल बैंकबाट २३ अर्ब ५० करोड ६४ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट घरजग्गामा १८ अर्ब ९९ करोड २३ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकबाट १५ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ, प्रभु बैंकबाट १५ अर्ब २ करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट १३ अर्ब ९८ करोड ४३ लाख रुपैयाँ, नेपाल बैंकबाट १३ अर्ब ९४ करोड ३२ लाख रुपैयाँ र हिमालयन बैंकबाट १३ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यता, राष्ट्रिय वाणिज्य बैंकबाट ९ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ८ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट ६ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ, सानिमा बैंकबाट ५ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ, एनएमबी बैंकबाट ४ अर्ब ८९ करोड ९९ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकबाट ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ, सिद्धार्थ बैंकबाट ४ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ४ अर्ब ५८ करोड १२ लाख रुपैयाँ, कुमारी बैंकबाट ४ अर्ब ११ करोड ५३ लाख रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकबाट १ अर्ब ६० करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै