PRABHU BANK

वाणिज्य बैंकहरुबाट प्रवाह हुने सुनचाँदी धितो कर्जा ५.६३ प्रतिशतले बढ्यो

काठमाडौँ । एक वर्षमा वाणिज्य बैंकहरुबाट ५३ अर्ब बढी सुनचाँदी धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुबाट ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ सुनचाँदी धितो कर्जा प्रवाह भएको हो ।

जुन गत आर्थिक वर्षको तुलनामा ५.६३ प्रतिशतले बढी हो । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सो अवधिमा सबैभन्दा धेरै कर्जा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेका छन् । नेपाल बैंकले २२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो ऋण अघिल्लो वर्षको भन्दा १८.५३ प्रतिशतले बढी हो ।

यता, राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा ८ वाणिज्य बैंकको यस शीर्षकमा कर्जा प्रवाह घटेको छ भने ८ वटै बैंकको बढेको छ । ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र हिमालयन बैंकले भने कर्जा प्रवाह नगरेको पाइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै