prabhu

माछापुच्छ्रे बैंकका ग्राहकहरूले बिग मार्टमा क्यास ब्याक सुविधा पाउने

काठमाडौँ । माछापुच्छ्रे बैंकका ग्राहकहरूले बिग मार्टमा क्यास ब्याक सुविधा पाउने भएका छन् । बैंकका ग्राहकहरूले मेगा मार्ट प्रालि (बिग मार्ट) मा कारोबार गर्दा दुई सय रुपैयाँसम्म क्यासब्याक सुविधा पाउने भएका हुन् ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सुविधा ल्याएको हो । बैंक र मार्टबीच भएको सम्झौता पश्चात देशभर रहेका बिग मार्टका आउटलेटहरुबाट कम्पनीका ग्राहकहरूले विभिन्न डिजिटल माध्यमहरू प्रयोगगरी सामान खरिद गर्दा आर्कषक सुविधाहरू पाउने भएका हुन् ।

यता बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै हरेक सोमबार बैंकको डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गर्ने जनाएको छ ।

कम्पनीले देशभर रहेका तीन सय भन्दा बढि विभिन्न सङ्घसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै