PRABHU BANK

‘बैंकमा पैसा हुँदा पनि कर्जा प्रवाह भएन’: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा पैसा हुँदा पनि कर्जा प्रवाह नभएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले बैंकमा पैसा हुँदा र ब्याजदर निरन्तर घट्दै जाँदा पनि कर्जा प्रवाह भने नभएको बताएका हुन् ।

उनले बैंकमा तरलता हुँदा कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौती रहेको जनाएका छन् । अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन, पुँजीगत खर्च र राजश्वलगायतका सूचकहरू घटेको अवस्था रहेको उल्लेख गरेका छन् ।

यता अर्थमन्त्रीसँगको भेटमा नेपाल चेम्बर अफ कमर्सले कर्जाको पुनर्तालिकीकरण गरेर धराशायी उद्योग बचाउन आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै