DISH HOME

‘बैंकिङ कसुर सम्बन्धी फरकफरक कानून बनाउनुपर्छ’: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ कसुर सम्बन्धी फरकफरक कानून बनाउनुपर्ने बताएका छन् । गभर्नर अधिकारीले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि छलफलमा बोल्दै यस्तो बताएका हुन्।

गभर्नर अधिकारीले ऋणीसँगै बैंकरसमेत जेल जाने स्थिति बनेको भन्दै बैंकिङ कसुर सम्बन्धी फरकफरक कानून बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘अहिले बैंकहरुमा कर्मचारीहरुले खल्तिबाट कलम ननिकाल्ने स्थिति छ। ऋण दिएर किन आफूलाई जोखिममा पार्नु भन्दै काम गर्न बैंकरहरु डराइरहेका छन् ।’

सो छलफलमा गभर्नर अधिकारीले बैंकविरुद्ध यस्तो गतिविधि गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै