prabhu

प्रभु बैंकका ग्राहकलाई समाज डेन्टल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकहरूलाई समाज डेन्टल हस्पिटलमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई बानेश्वरस्थित समाज डेन्टल हस्पिटलमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

समाज डेन्टल हस्पिटल र बैंकबीच ग्राहकहरूलाई लक्षितगरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले डेन्टल हस्पिटलका सम्पूर्ण शाखाहरूमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा डेन्टल हस्पिटलका निर्देशक श्रेया पाण्डे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले हस्ताक्षर गरेका थिए ।

त्यसैगरी ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द एयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै