PRABHU BANK

विकास बैंकहरुले कमाए ५ अर्ब रुपैयाँ भन्दा बढी नाफा, सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक

काठमाडौँ । राष्ट्रियस्तरका विकास बैंकहरुले ५ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका हुन्।

बैंकहरुको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९-८० को सोही अवधिको तुलनामा ९.३९ प्रतिशतले बढी हो ।  अघिल्लो वर्ष विकास बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

त्यस्तै, राष्ट्रियस्तरका विकास बैंकमा गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकले १ अर्ब २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी दोस्रोमा गरिमा विकास बैंक रहेको छ । यस बैंकले १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यता तेस्रोमा शाइन रेसुंगा बैंक रहेको छ। यस  बैंकले ६९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै