PRABHU BANK

ललितपुर जिल्लामा बैंकिङ कसुरका मुद्दा ह्वात्तै बढ्यो

काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा ललितपुर जिल्लामा बैंकिङ कसुरका मुद्दा ह्वात्तै बढेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर जिल्लामा एक वर्षमा झण्डै दोब्बर सङ्ख्याले बैंकिङ कसुरका मुद्दा बढेको हो ।

आर्थिक वर्ष २०८०-८१ मा ललितपुरमा ८ सय १७ वटा मुद्दा दायर भएका छन् ।  अघिल्लो आर्थिक वर्षको तुलनामा यो ८३ प्रतिशतले बढी हो । त्यस्तै, २०७९-८० मा ४ सय ४६ वटा मुद्दा मात्र दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७८-७९ मा भने १ सय ८६ वटा मुद्दा दर्ता भएका थिए । पछिल्लो पाँच वर्षमा देशभर बैंकिङ कसुरका मुद्दा बढ्दै गइरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै