PRABHU BANK

कीर्ते दस्तखत गरेर बैंक खाताबाट चार लाख बढी झिक्ने विद्यालय सहयोगी पक्राउ

काठमाडौँ । कीर्ते दस्तखत गरेर बैंक खाताबाट चार लाख बढी झिक्ने विद्यालय सहयोगी पक्राउ परेका छन् । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलका अनुसार मेचीनगर नगरपालिका-६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साँटेर सो रकम निकालेका थिए ।

विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा राखेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनधिकृत रुपमा निकाल्ने गरेको पाइएको हो । मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नामा अनधिकृत रुपमा चेक काट्ने गरेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै