PRABHU BANK

ग्लोबल ट्रान्जेक्सन बैंकिङको लागि अमेरिकाको प्रमुखमा जोनाथन ट्रेरक्लार्क नियुक्त

काठमाडौँ । बार्कलेज बैंकले ग्लोबल ट्रान्जेक्सन बैंकिङको लागि अमेरिकाको नयाँ प्रमुख नियुक्त गरेको छ । बार्कलेजले ग्लोबल ट्रान्जेक्सन बैंकिङको लागि अमेरिकाको प्रमुखको रूपमा जोनाथन ट्रेर क्लार्कलाई नियुक्त गरेको हो ।

ट्रेरक्लार्क यसअघि वेल्स फार्गोमा ग्लोबल ट्रेजरी म्यानेजमेन्टका प्रबन्ध निर्देशक थिए । उनले साढे सात वर्ष बैंक अफ अमेरिकामा यस्तै भूमिका निर्वाह गरेका थिए ।

बार्कलेज बैंकको ग्लोबल हेड करेन ब्रेथवेट भन्छन्, ‘हाम्रो बैंकिङ व्यवसाय अमेरिकामा विकासको बहुवर्षीय यात्रामा छ,  जोनाथनले अचम्मको विशेषज्ञता ल्याउँछन् र  ग्राहकहरूका लागि हाम्रो निरन्तर कार्यान्वयन हुनेछ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै