PRABHU BANK

ग्लोबल आइएमई बैंकका ग्राहकले वण्डरल्याण्ड नेपालमा सेवा मुल्यको १० प्रतिशत बोनस पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड नेपालमा सेवा मुल्यको १० प्रतिशत बोनस प्रदान गरिने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई किक फन वोर्ल्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको हो ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ प्रयोग गर्दा कार्डमा १० प्रतिशत बोनस थपगरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ ।

बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै