काठमाडौँ । सिटिजन्स बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले साउन महिना भरिको लागि ‘मनाऔं साउन सिटिजन्ससँग’ नामक अफर सार्वजनिक गरेको हो ।
बैंकले साउन महिनालाई ध्यानमा राख्दै यो अफर ल्याएको छ । यस अफरअन्तरर्गत साउन महिनाको हरेक सोमबार कम्पनीको जुन सुकै शाखा कार्यालयमा गएर खाता खोल्दा ग्राहकहरूले विभिन्न उपहार पाउने सक्नेछन् ।
साथै, ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउनेछन् ।
त्यस्तै, बैंकले अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ र डेबिट कार्ड पनि नि:शुल्क प्रयोग गर्न पाइने सुविधा रहेको छ । बैंकका अनुसार भाग्यशाली ग्राहकले उपहार स्वरुप सौभाग्य सामग्री पनि पाउने सक्नेछन् ।