PRABHU BANK

विपन्न महिलाहरूको उपचारका लागि सानिमा बैंकले पाटन अस्पताललाई आर्थिक सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच आर्थिक सहयोग गर्ने बारे सम्झौता भएको छ । बैंक र पाटन अस्पतालले विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेका हुन् ।

२०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आएको बैंकले आगामी १ वर्षका लागि पनि न्युन आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” खोले बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरूको उपचारमा सहयोग गर्दै आएको छ ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा। रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ कार्यालय र १२४ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै