PRABHU BANK

मुद्रास्फितिलाई नियन्त्रण गर्न डलर बिक्री गर्दै अर्जेन्टीना

काठमाडाैं । अर्जेन्टीनाको केन्द्रीय बैंक (बिसिआरए)ले मुद्रास्फितिको समस्यासँग जुध्न र देशको नगद आपूर्तिलाई फ्रिज गर्न समानान्तर विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलर बिक्री गर्ने भएको छ । अर्जेन्टीनाका आर्थिक मन्त्री लुईस कापुटोले आफ्नो एक्स (पहिलेकाे ट्विटर) अकाउन्टमार्फत नयाँ रणनीतिबारे जानकारी गराएका हुन् ।

कापुटले यो नयाँ रणनीतिलाई बढ्दो महङ्गीलाई घटाउने प्रक्रियाका रुपमा व्याख्या गरेका छन् । उनले सोमबारदेखि समानान्तर विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलर बिक्री गरिने बताएका छन् । ‘अहिले अर्जेन्टीनामा कुनै पनि माध्यमबाट नयाँ नोट निष्कासन भइरहेकाे छैन । यो एउटा ऐतिहासिक कार्य हो, ’कापुटोले एउटा रेडियो अन्तर्वार्तमा भनेका छन्,‘हामी मुद्रास्फितीलाई केहि सानो अंकले पराजित गर्ने लक्षमा छाै’ ।

विगत ५ महिनादेखि निरन्तर घटिरहेको मुद्रास्फिती जुन महिनामा भने केहि बढेको रिपोर्ट सार्वजनिक भएसँगै यो नयाँ घोषणा गरिएकाे हाे । अर्जेन्टीना सरकारले लिने भनिएको नयाँ रणानीतिको उदेश्य देशको नगद आपूर्ति स्थिर राख्नु, मुद्रास्फिती तल झार्नु र अर्जेन्टीनाको आधिकारिक र समानान्तर विनियमदरको अन्तर घटाउनु रहेको भनिएकाे छ ।

गत शुक्रबार एक अमेरिकी डलरको आधिकारिक विनियमदर ९१९.५ पेसो(अर्जेन्टीनाको मुद्रा)कायम भएको छ भने समानान्तर विनियम बजार‘सीसीएल’मा भने १ हजार ४१६.२ पेसो कायम छ । अर्जेन्टीनाको राष्ट्रपतिमा जेभियर मिली निर्वाचित भएसँगै अर्जेन्टीनाको बढ्दो मुद्रास्फितीमा नाटकीय कमी आएको छ । गत डिसेम्बर महिनामा २५.५ प्रतिशत रहेको अर्जेन्टीनाको मुद्रास्फितीदर मे महिनासम्म आइपुग्दा ४.२ प्रतिशतमा सीमित हुनपुगेकाे भने जुन महिनामा केहि बढेर ४.६ प्रतिशत कायम भएकाे छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै