PRABHU BANK

‘पुँजी बजारलाई फेरि नयाँ उचाइमा लैजाने मौद्रिक नीति आवश्यक छ’ : विनाेद चाैधरी

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पूँजीबजारलाई फेरि एक पटक नयाँ उचाइमा लैजाने नीति ल्याउनुपर्ने बताएका छन् । सांसद चौभरीले केही दिनअघि संसदको अर्थसमिति बैठकमा बोल्दै पुँजीबजारमा देखिएको सुस्ततालाई चलायमान बनाउने मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका हुन् ।

पुँजीबजारमा आधिकांश लगानी कर्ताले आफ्नो लगानी गुमाउनु परेको भन्दै लगानीकर्तामा पुँजीबजारमा सुधार हुने आशा र विश्वास जगाउनु पर्ने पनि बताएका छन् । उनले भने, ‘अब बजार अगाडि बढ्छ की भन्यो १० दिनमा ४० प्रतिशतले बढ्यो, पुनः जस्ताको त्यस्तै ।’

अर्थमन्त्रालय र राष्ट्र बैँकबीचको जिम्मेवारी नभएसम्म अहिलेको अवस्था कायमै रहने अवस्था रहेकाे भन्दै सांसद चौधरीले पुँजीबजार सुधार गरी समग्र अर्थतन्त्र सुधार गर्ने ठिक समय आएको पनि बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै