PRABHU BANK

‘वित्तिय क्षेत्रलाई जोगाउनुपर्ने मात्र हैन अगाडि बढ्न पनि दिइनुपर्छ’ : चन्द्र प्रसाद ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले अहिलेको अवस्थामा वित्तिय क्षेत्रलाई जोगाउनुपर्ने मात्र नभएर अगाडि बढ्ने वातावरण बनाउनु पर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंक तथा वित्तिय संस्थाहरूमा खराब कर्जा बढिरहेकोले देशमा लगानीको बारबरा बनाएर वित्तिय क्षेत्रलाई पनि चलायमान बनाउनुपर्ने बताएका छन् ।

अहिले सञ्चिति सबल हुनु राम्रो भएपनि अत्यधिक संचिति हुनुले आर्थिक गतिविधि सुस्ताएको संकेत गर्ने भन्दै यस परिप्रेक्षमा आफूले  बजेटमा पनि सुझाव दिएको र केही माग सम्बोधन भएपनि बजार चलायमान बनाउने नीति आउन नसकेको उनको भनाई रहेको छ ।

ढकालले आवको अपेक्षा मौद्रिक नीति रहेको भन्दै अब भने धेरै ढिला नगरीकन सुधारका उपाय अवलम्बन गरेनौँ भने निराशा थप बढ्नेछ बताएका छन् । अर्थतन्त्रको अहिलेको अवस्था बारे केन्द्रिय बैँक जानकार रहेको भन्दै अब अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीति आउने अपेक्षा रहेको पनि बताएका छन् । त्यसकारण वित्तिय क्षत्रलाई खतराबाट जोगाउने मात्रै भन्दा पनि कर्जाको माग बढाउने उपाय रोजेर सहजरूपमा अगाढी बढ्ने वातावरण बनाउनु पर्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै