PRABHU BANK

२ खर्ब ४६ अर्ब नाघ्यो निजी क्षेत्रमा बैंकहरुको लगानी

काठमाडौँ । चालु आर्थी बर्षको जेठ मसान्त सम्ममा निजी क्षत्रमा बैंकको लगानी २ खर्ब ४६ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोड अर्थात् ५.१ प्रतिशतले बढेको पाइएको हो ।

चालू आर्थिक वर्षको जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६३.५ प्रतिशत र व्यक्तिगत क्षेत्रतर्फ ३६.५ प्रतिशत कर्जा परवाहा भएको छ । जसमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले, विकास बैंकहरुको ४.३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको पाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.० प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै