prabhu

‘मौद्रिक नीति अर्थतन्त्र केन्द्रित हुन्छ, कसिलो हुने कि लचिलो भन्न हतार नगरौं’: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति अर्थतन्त्र केन्द्रित हुने भएकाले कसिलो हुने कि लचिलो भन्न हतार गर्न आवश्यक नरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

गभर्नर अधिकारीले मौद्रिक नीतिको कार्यदिशा कस्तो हुने भनेर टिमले काम गरिरहेकोले आगामी मौद्रिक नीति कस्तो बन्छ भनेर भनिहाल्न आवश्यक नरहेको बताएका छन् । नीति तर्जुमा गर्दा अर्थतन्त्रलाई नै केन्द्रमा राखेर गरिने  भन्दै गभर्नर अधिकारीले भने, ‘अहिले मौद्रिक नीति यस्तो हुने भन्न मिल्ने अवस्था छैन । मौद्रिक नीति कसिलो हुने कि लचिलो भन्न हतार हुन्छ ।’

अर्थतन्त्रका केही क्षेत्र अत्यन्तै सबल भएपनि सरकारको वित्त आफैं दबाबमा रहेकोले वास्तविक क्षेत्रमा निर्माण लगायत केही क्षेत्रमा भने समस्या रहेको उनको भनाई  छ ।

चालु पूँजीमा १ करोडसम्म मार्गदर्शन लागू नहुने भन्दै अधिकारीले ५ करोडसम्मको कर्जा लिँदा ४ करोड ट्रम र १ करोडसम्म चालु पूँजी लिन सकिने पनि बताएका छन ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै