prabhu

भारतका सार्वजनिक बैंकहरूले महिला उद्यमीहरूलाई सहयोग पुर्‍याउन नयाँ योजना ल्याउँदै

काठमाडौँ । भरतका सार्वजनिक क्षेत्रका बैंकहरूले महिला उद्यमीहरूलाई सहयोग पुर्‍याउन नयाँ योजनाहरू ल्याउने भएका छन् । सार्वजनिक क्षेत्रका बैंकहरू (पिएसबिएस)ले चाँडै नै महिला उद्यमीहरू र स्टार्टअप संस्थापकहरूका लागि टेलर-मेड वित्तीय योजनाहरू सुरु गर्ने भएका हुन् ।

करिब ३१ करोड २० लाख मतदाता रहेको भर्खरैको आम निर्वाचनमा महिलाहरूको प्रमुख भूमिका रहेको भन्दै ति महिलाहरूलाई उद्यमसँग जोड्दै आर्थिक रूपमा सबल बनाउन त्यहाँका सार्वजनिक बैंकहरूले महिला उद्यमी लक्षित नयाँ योजना ल्याएका समाचार संस्था इभमिन्ट डटकमले जनाएको छ ।

बैंकहरूले महिलाहरूलाई वित्तीय शिक्षा प्रदान गर्न, तिनीहरूलाई बैंकिङ प्रणालीमा ल्याउन, उनीहरूलाई विभिन्न सरकारी योजनाहरूको फाइदा लिन मद्दत गर्न र उनीहरूलाई लगानी र वित्तीय योजना सिकाउन शिविरहरू पनि आयोजना गर्ने भएका छन् ।

नाम नखुलाउने सर्तमा सार्वजनिक क्षेत्रका एक बैंकका प्रमुखले भने, ‘हामी हाम्रो महिला ग्राहक आधारमा सीढी माथि जान र सफल उद्यमी बन्ने धेरै सम्भावना देख्छौँ । बैंकहरू नयाँ र अभिनव वित्तीय उत्पादनहरू मार्फत यसलाई सहयोग गर्न तयार छन् ।’

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै