PRABHU BANK

‘रिभोलुटले छिट्टै यूके बैंकिङ इजाजतपत्र पाउँछ’: सह-संस्थापक निकोले

काठकाडौं । बेलायती वित्तीय कम्पनी रिभोलुटका सह-संस्थापक निकोले स्टोरोन्स्कीले आफ्नो कम्पनीले छिट्टै बैंकिङ इजाजतपत्र पाउने सम्भावना रहेको बताएका छन् । उनले मंगलबार पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् ।

लामो वित्तीय अभ्यासमा केही प्रमुख अवरोधहरू पार गर्दै जाँदा रिभोलुटले ब्रिटिश बैंकको इजाजतपत्र पाउने हैसियत बनाएको बताएका छन् ।

यसको बैंकिङ इजाजतपत्र स्वीकृत गर्न साना कम्पनीहरूको तुलनामा केही बढी समय लाग्नुमा रिभोलुटको अकार धेरै ठूलो भएको र यसले थप समय लिने निकोको भनाइछ ।

रिभोलुट एक इजाजतपत्र प्राप्त इलेक्ट्रोनिक पैसासम्बन्धी कारोबार गर्ने संस्था हो । बैंक इजाजतपत्रले यसलाई युकेमा ऋण प्रस्ताव गर्न सक्षम बनाउने विज्ञहरू बताउँछन् ।

रिभोलुटले २०२१ मा बैंकिङ इजाजतपत्र दिन प्रस्ताव गरे पनि  सरकारले ढिला गरीरहेकोमा असहज भएको बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै