PRABHU BANK

प्राइम कमर्सियल बैंक र क्लासिक सुट्स ट्रेर्डस बीच विशेष छुट सम्झौता

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित क्लासिक सुट्स ट्रेर्डस बीच ग्राहकहरुलाई छुट दिने बारे सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले  सुट्स ट्रेर्डसको सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् ।

प्राइम कमर्सियल बैंक लिमिटेड भलवारी शाखाका शाखा प्रमुख ध्रुब भण्डारीका अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई क्लासिक सुट्स ट्रेर्डसमा स्कुल,कलेज ,अफिस ड्रेस,दौरा सुरुवाल लगायत बिभिन्न कपडा सिलाउन तथा रेडिमेड ब्लेजर खरिद गर्दा १० प्रतिशत छुट प्रदान गरिने भएको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडले देशका विभिन्न शाखाबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै