PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिना अनुमति फोटोग्राफरले खिचेको तस्विर प्रयोग गर्यो

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिना अनुमति फोटोग्राफरले खिचेको तस्विर प्रयोग गरेको पाइएको छ । बैंकले ताप्लेजुङका फोटोग्राफर राजिव लिम्बुले खिचेको तस्विर बिना अनुमति महोत्सवमा प्रयोग गरेको पाइएको हो ।

फोटोग्राफरले आफूले खिचेको तस्विर बिना अनुमति प्रयोग गरेको र फोटोग्राफरको नामसमेत नदिएको भन्दै यो घटना सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो तस्बिर ताप्लेजुङ महोत्सवमा बिना अनुमति प्रयोग गर्ने अनि २ हप्ता अगाडिको शुक्रबार फेसबुकमा मैले पोस्ट गर्दा आइतबार छलफल गरौँ पोस्ट हटाउनु भन्ने । छलफल गर्दा उल्टै मलाई धम्क्याउन खोज्ने ? म मान्छु ? मेरै फोटो बिना अनुमति फोटोग्राफरको नाम पनि बिना प्रयोग गरेर मलाई नै थर्काउन खोज्ने ?’ फोटोग्राफरले खिचेको तस्बिर:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै