काठमाडौँ । ग्लोबल आइएमई बैंकले ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । बैंकले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको हो ।
आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् ।
ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । यस्ता नवीन बैंकिङ प्रविधिहरु अंगालेर बैंकले आफ्ना ग्राहकहरुको बदलिँदो बैंकिङ आवश्यकताहरु मात्र पुरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पुर्याएको छ ।