prabhu

सिटिजन्स बैंकद्वारा ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिता सञ्चालन, १ मिनेटको भिडियो बनाएर ५० हजारसम्म जित्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसबुक भिडियो प्रतियोगिता आयोजना गर्दै छ । बैंकले व्यक्तिगत वा व्यावसायिक रुपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो ।  

साथी, आफन्त वा परिवारजनको जो कोही सदस्य अथवा कुनै संघ संस्थामा सहभागीको प्रगतिको साथीको साथमा एक भिडियो बनाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन एक पार्टनरको भूमिका कत्तिको महत्वपूर्ण रहन्छ भन्ने कुरालाई प्रस्ट्याउने उद्देश्यका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको बैंकले जनाएको छ । 

एक मिनेट सम्मको समयावधि भएको भिडियो बनाएर #partnerforprogress सहित फेसबुकमा भिडियो अपलोड गरि सिटिजन्स बैंकको फेसबुक पेज लाई ट्याग गर्नुपर्ने र भिडियो पब्लिक हुनुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय भिडियोलाई सम्मान स्वरूप क्रमश: नगद ५० हजार, ३० हजार र २० हजार पुरस्कार दिइने छ । यो प्रतियोगिता जेठ महिनाभर सञ्चालन हुने बैंकले जनाएको छ । 

एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरुलाई प्रेरणाको स्रोत बन्न सक्ने र यो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने बैंकको विश्वास छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै