काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको जेठ ३ गते (बिहीबार ) बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।